काठमाडाैंमा फिल्म सिकाउँदै सुभाष घर्इ

काठमाडाैं/ मनीषा काेइरालालार्इ बलिउडमा फिल्म ‘साैदागर’बाट डेब्यु गराउने निर्देशक सुभाष घर्इ काठमाडाैं अाइपुगेका छन् । उनी काठमाडाैंमा फिल्म निर्माण तथा निर्देशन सिकाउन अाएका हुन् । काठमाडाैंकाे कान्तिपुर फिल्म एकेडेमीले उनलार्इ निम्त्याएकाे हाे ।

कालीचरन, हिराे, कर्मा, खलनायक तालजस्ता फिल्मका निर्देशक सुभाष अचेल मुम्बर्इमा अाफ्नै फिल्म इन्स्टिच्युट चलाउँछन् । विस्लीङ्ग उड इन्टरनेसनल नामक उनकाे इन्स्टिच्युट पनि फिल्म कार्यशालाकाे सहअायाेजक रहेकाे छ । प्रशिक्षणमा बलिउडका लेखक अन्जुम राजाबली पनि सहभागी हुनेछन् । राजाबली केही महिनाअघि पनि नेपाल अाएका थिए ।

कार्यशालामा विशेषगरी मिडिया नलेजस्कृप्ट राइटिङ्ग, मोबाइल फिल्म मेकिङ्ग र फेसन डिजाइन लगायत विषयमा केन्द्रित हुने बताइएको छ ।कार्यशाला सञ्चालनका लागि मुम्बईबाट फेसन डिजानर निशा चन्दाफिल्ममेकर रविया नाज्की तथा मुक्ता आर्ट्सका मेनेजिङ डिरेक्टर राहुल पुरी र नेपालबाट दिनेश डिसी पनि सहभागी हुनेछन् ।

काठमाडाैंकाे होटल अन्नपूर्णमा अाइतबार बिहान ९ देखि साँझ ६ बजेसम्म सञ्चालन हुने कार्यशालाले नेपाली फिल्मकर्मीलार्इ धेरै राहत दिने विश्वास लिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले लिएका छन्।

प्रकाशित मिति १९ जेष्ठ २०७५, शनिबार १९:१२