सोनमलाई ट्रोल देखेर दया लाग्छ

मुम्बई/ अभिनेत्री सोनम कपुरलाई सोसियल मिडियामा आफूप्रति गरिने व्यंग्यप्रति कुनै आपत्ति छैन । बरु ट्रोल चाहिँ उनी त्यति रुचाउँदिनन् । ट्रोल गर्नेहरुप्रति उनलाई दया लाग्छ रे ।

भर्खरै लामो समयका प्रेमी आनन्द अहुजासँग बिहे गरेकी छिन् सोनमले । त्यतिबेला उनले मंगलसूत्र कम्मरमा लगाएको ट्रोल बाहिर आएको थियो । उनलाई सोधिएको थियो, ‘ट्रोलले तपाईंलाई बेफाइदा गर्छ ?’ उनले सजिलै जवाफ दिइन्, ‘यसले मलाई केही असर गर्दैन, बेरोजगार र परिचय दिन डराउनेहरुले ट्रोल बनाइरहेका छन् । मलाई के मतलब ।’

ट्रोललाई देखेर उनमा दयाको भाव जाग्छ रे । ‘उनीहरु ममाथि विभिन्न कमेन्ट गरेर अरुको नजरमा पर्न चाहन्छन्, त्यसले मलाई दया जाग्छ,’ सोनमले भनेकी छिन् ।

शुक्रबार रिलिज भएको ‘वीरे दि वेडिङ’ सोनमको पछिल्लो फिल्म हो । फिल्मले पहिलो दिनमै १० करोड ७० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।

प्रकाशित मिति २० जेष्ठ २०७५, आईतवार ०९:१४