‘बाेबी’काे राेमान्टिक गीत ‘अाँखाकाे नानी’

काठमाडाैं/ भर्खरै ‘लिलिबिली’ रिलिज गरेका निर्देशक मिलन चाम्सकाे अर्काे फिल्म ‘बाेबी’ पनि प्रदर्शनका लागि तयार भएकाे छ । फिल्मकाे प्रमाेसनस्वरूप निर्देशक चाम्सले ‘बाेबी’काे राेमान्टिक गीत रिलिज गरेका छन् ।
​रियल कथा रहेको भनिएकाे फिल्मकाे ‘आँखाको नानी’ बोलको गीतमा रियल जाेडी उमेश थापा र कविता गुरुङको प्रेमलाई प्रस्तुत गरिएको छ । पर्दामा देखिने लभस्टोरीझैं उमेश र कविताको आफ्नै कथा फिल्ममा रहेको निर्देशक चाम्सले बताए ।
गीतमा वसन्त सापकोटाको शब्द/संगीत, राजेशपायल राई र दीपा लामाको स्वर छ । गीतलाई नर्वेका रमणीय दृश्यमा खिचिएको छ । सम्पूर्ण छायांकन नर्वेमै गरिएको फिल्ममा दुवैको प्रेम, संघर्ष र सफलताको कथा छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जिनियर हुन् भने कविता होटल म्यानेजर हुन् ।
फिल्ममा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायत कलाकारले पनि अभिनय गरेका छन् ।

अागामी असार २९ मा रिलिज हुने ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको पटकथा, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

प्रकाशित मिति १७ जेष्ठ २०७५, बिहीबार १५:५९