पाेस्टरमा ‘चि मुसी चि’

काठमाडाैं/ नाम सुन्दै अनाैठाे छ ‘चि मुसी चि’ फिल्म । झन् पाेस्टर कस्ताे हाेला ? याे जिज्ञासालार्इ फिल्म युनिटले साेमबार मेटाइदिएकाे छ । अर्थात् फिल्मकाे पाेस्टर सार्वजनिक गरिएकाे छ ।
फिल्म अागामी साउन ११ गते रिलिज हुने तय भइसकेकाे छ । टौवा क्रियशनले तयार पारेको पोस्टरमा प्रमूख तीन कलाकारहरु सुनिल क्षेत्री, सुशान्त कार्की र अलिशा शर्मा रहेका छन् । फिल्मकाे केही दिनअघिमात्र प्राेमाेसनका लागि गीत रिलिज गरिएकाे थियाे ।
म्युजिकल थ्रिलर जनरामा निर्मित यस फिल्ममा दिनेश श्रेष्ठकाे लेखन तथा निर्देशन रहेकाे छ । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ ।
शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

प्रकाशित मिति २१ जेष्ठ २०७५, सोमबार १८:३०