अामिरले लन्च गरे ‘विश्वरूपम् २’काे ट्रेलर

काठमाडाैं/ बलिउड अभिनेता अामिर खानले साेमबार कमल हासनकाे फिल्म ‘विश्वरूपम् २’काे ट्रेलर लन्च गरेका छन् । अामिरले फिल्मकाे हिन्दी ट्रेलर अाफ्नाे ट्वीटरमार्फत लन्च गरेका हुन् ।

ट्वीटरमा ट्रेलरकाे लिंक शेयर गर्दै अामिरले कमल हासन र पूरै टिमलार्इ बधार्इ दिएका छन् । उनले अाफ्नाे प्रेम र सम्मान सधैं रहिरहने जनाउँदै ट्वीटरमा कमललार्इ सर भनेर सम्बाेधन गरेका छन् ।

कमल हासनकै लेखन तथा निर्देशन रहेकाे ‘विश्वरूपम् २’लार्इ सन् २०१३ मा रिलिज भएकाे ‘विश्वरूपम्’काे सिक्वेलका रूपमा बनाइएकाे हाे । फिल्म अागामी अगस्ट १० मा रिलिज हुँदैछ । यसमा राहुल बाेस, वाहिदा रहमान, शेखर कपुर, पूजा कुमार लगायतले अभिनय गरेका छन् । फिल्मलार्इ तामिल, हिन्दी र तेलुगु भाषामा एकसाथ रिलिज गरिनेछ ।

प्रकाशित मिति २९ जेष्ठ २०७५, मंगलवार १३:०९