‘चि मुसी चि’मा नाचिन् नम्रता 

काठमाडाैं/ पछिल्लाे समय नेपाली फिल्ममा मेलामा नाच्नेगाउने गीतकाे लहड चलेकाे छ । यही सिलसिलामा फिल्म ‘चि मुसी चि’ले पनि अाफ्नाे टाइटल गीत रिलिज गरेकाे छ । गीतलार्इ मेलामै खिचिएकाे छ ।
अागामी साउन ११ गते रिलिज हुन लागेकाे फिल्मलार्इ दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मकाे गीत मंगलबार युट्युबबाट गरिएकाे हाे ।
सन्तोष पोखरेलकाे शब्द र करणराज कार्कीकाे संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ ।
गीतको भिडियोमा नायिका नम्रता सापकोटाले छमछमी नाचेकी छिन् । फिल्मका मुख्य कलाकारहरु सुनिल क्षेत्री र अलिशा शर्माका साथै अर्का कलाकार शिवराज शर्मा पनि गीतमा देखिन्छन् ।  गीतको कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।
अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल र डबबहादुर गुरुङ निर्माता फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबालागयतका कलाकारहरुको अभिनय रहेको फिल्मलार्इ वासु न्यौपानेले खिचेका हुन् । यसमा भूपेन्द्र अधिकारीकाे सम्पादन रहेकाे छ ।

प्रकाशित मिति २९ जेष्ठ २०७५, मंगलवार १७:४९