अक्षयकाे ‘ट्वाइलेट’लार्इ चीनमा ७७ कराेड

मुम्बर्इ/ अक्षय कुमारकाे फिल्म ‘ट्वाइलेट ले चीनमा राम्रै प्रतिक्रिया बटुलिरहेकाे छ । दर्शककाे तारिफमात्र हाेइन यसले बक्सअफिसमा समेत सन्ताेषजनक व्यापार गरिसकेकाे छ । यसकाे पाँचदिने कमाइ ७७ कराेड ८३ लाख भारू पुगेकाे छ ।

श्रीनारायण सिंहद्वारा निर्देशित फिल्मकाे नाम चीनमा ‘ट्वाइलेट हिराे’ राखिएकाे छ । यसले रिलिजकाे पहिलाे दिन १७ कराेड ४३ लाख कमाएकाे थियाे । दाेस्राे दिन अझ धेरै २३ कराेड ९७ लाख उठाएकाे थियाे । यसले तेस्राे दिन चाहिँ २१ कराेड ३० लाख कलेक्सन गर्याे ।

चाैथाे दिन ८ कराेड ५६ लाख र पाँचाैं दिन ७ कराेड ५७ लाख कमाइ गरेकाे यसले चीनमा १०० कराेड भारूकाे अाँकडा कटाउने अनुमान छ । ट्वाइलेटले रिलिजकाे पहिलाे सप्ताहन्तमा चिनियाँ बक्स अफिसकाे पहिलाे स्थान कब्जा गरेकाे थियाे ।

१८ कराेड लगानीमा बनाइएकाे फिल्मले भारतकाे घरेलु बजारमा १३२ कराेड भारू कमाएकाे छ ।

प्रकाशित मिति ३० जेष्ठ २०७५, बुधबार १६:४२