करण जाैहरकाे ‘कलंक’मा साेनाक्षी

मुम्बर्इ/ निर्माण हुनुअघि नै करण जाैहरकाे फिल्म ‘कलंक’ चर्चामा छ । करणले निर्माण गर्न लागेकाले मात्र हाेइन यसमा अावद्ध कलाकार टाेलीका कारण पनि याे फिल्मकाे हाइप बढेकाे हाे । यसमा सञ्जय दत्त, माधुरी दीक्षित, वरूण धवन, अालिया भट्ट, अादित्य राेय कपुरलगायत फिल्ममा फाइनल भइसकेका छन् ।

अालिया, वरूण, माधुरी र अादित्यका सिनहरूकाे त सुटिङ नै चलिरहेकाे छ । यसैबीच साेनाक्षी सिन्हा पनि फिल्ममा अावद्ध भएकी छिन् । र, उनले सुटिङ युनिटमा उपस्थिति जनाइसकेकी छिन् ।

सुटिङमा साेनाक्षीकाे अागमनसँगै अालियाले खुसी व्यक्त गरेकी छिन् । अालियाले इन्स्टग्राममा फाेटाे पाेस्ट गर्दै साेनाक्षीलार्इ स्वागत गरेकी छिन् । त्यसाे त साेनाक्षीले बुधबार नै कलंकमा काम गर्न पाउँदा उत्साह बढेकाे भन्दै ट्वीट गरेकी थिइन् ।

सन् १९४० काे सेटअपमा अाधारित फिल्मलार्इ अभिषेक वर्मनले निर्देशन गर्दैछन् । र, याे सन् २०१९ अप्रिल १९ मा रिलिज हुने सम्भावना छ । अभिषेककाे निर्देशन रहेकाे फिल्म ‘टु स्टेट्स’ सन् २०१४ मा रिलिज भएकाे थियाे ।

प्रकाशित मिति ३१ जेष्ठ २०७५, बिहीबार ०४:२३