‘जय भाेले’मा खगेन्द्रकाे नाच

काठमाडाैं/ यसअघि जहिल्यै दुःखी पात्रकाे भूमिकामा अभिनय गर्दै अाएका खगेन्द्र लामिछानेलार्इ फिल्म ‘जय भाेले’मा अलि भिन्न देख्न पाइने भएकाे छ । फिल्ममा उनकाे चुलबुले भूमिका त छ नै, उनले एउटा गीतमा नाच्नसमेत भ्याएका छन् । उनले नाचेकाे गीत ‘उम्लियाे भने पाेखिन्छ’ बिहीबार काठमाडाैंकाे कुमारी हलमा अायाेजित कार्यक्रममा सावर्जनिक गरियाे ।

अाेएसअार डिजिटलकाे युट्युब च्यानलमा हेर्न पाइने गीतमा खगेन्द्रले बाँसुरी बजाउँदै नाचेका छन् । तर, उनकाे नाच लामाे छैन । गीतमा सबैभन्दा बढी फिल्मकी नायिका स्वस्तिमा खड्काले नाचेकी छिन् ।

अशाेक शर्माद्वारा निर्देशित फिल्म ‘जय भाेले’ अागामी दशैंमा रिलिज हुनेछ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मकाे प्रवर्द्धनका लागि गीत पस्किएकाे हाे । गीतमा राजनराज सिवाकाेटीकाे संगीत छ भने गायनमा राजनराज र मेलिना रार्इले जुगलबन्दी गरेका छन् ।

सुरूमा खगेन्द्रले नाच्न मानेका थिएनन् । उनले निर्देशक शर्मासँग पनि अाफूलार्इ नाच्न लाज लाग्ने बताउँदै नाच्न नलगाउन अनुराेध गरेका थिए । तर, नायिका स्वस्तिमा भने खगेन्द्रलार्इ कुनै पनि हालतमा नचाउने याेजनामा थिइन् । अन्ततः उनकै करबलमा खगेन्द्रले नाचे ।

‘खगेन्द्र दाइ नाच्न मानिरहनुभएकाे थिएन, तर अशाेक दाइ र म मिलेर उहाँलार्इ नाच्न बाध्य तुल्यायाैं,’ स्वस्तिमाले भनिन् । नृत्य निर्देशक वसन्त श्रेष्ठले खगेन्द्रलार्इ नाच्न सहज बनाइदिएका रहेछन् । खगेन्द्रले थपे, ‘वसन्त सरले हातमात्र हल्लाउने हाे भन्दै नाच्न सिकाउनुभयाे, मैले त्यसै गरेँ, पछि हेर्दा त म अाफूलार्इ पनि अाफ्नाे नाच रमाइलै लाग्याे ।’

दर्शकलार्इ सरप्राइज हुने निर्देशक शर्माकाे तर्कसँग सहमत हुँदै अाफू नाच्न तयार भएकाे खगेन्द्रले बताए । फिल्ममा खगेन्द्रकै लेखन रहेकाे छ । फिल्म लेख्दा र खेल्दा अाफूलार्इ फरक अनुभूति भएकाे सुनाउँदै उनले भने, ‘दर्शकलार्इ पनि फरक अनुभूति हाेस्, मेराे यही कामना छ ।’

गीतमा साैगात मल्ल, सलाेन बस्नेत, बुद्धि तामाङ, राजाराज पाैडेल र जयनन्द लामाले पनि नाचेका छन् ।

प्रकाशित मिति ३१ जेष्ठ २०७५, बिहीबार १५:२६