दीपकलार्इ भनिएकाे हाेइन ‘उम्लियाे भने पाेखिन्छ !’

काठमाडाैं/ फिल्म ‘जय भाेले’काे बिहीबार रिलिज गरिएकाे गीतकाे बाेल छ, उम्लियाे भने पाेखिन्छ । राजनराज सिवाकाेटीले कम्पाेज गरेकाे गीतकाे शब्द व्यंग्यात्मक नै छ । धेरै घमण्ड नगर्नू भन्ने खालकाे अर्ती याे गीतमा मिसिएकाे छ ।

बिहीबार काठमाडाैंकाे कुमारी हलमा भएकाे गीत सार्वजनिक समाराेहमा पत्रकार रघुनाथ सापकाेटाले निर्माता तथा निर्देशक अशाेक शर्मालार्इ साेधिहाले, ‘तपार्इंहरूले याे उम्लियाे भने पाेखिन्छ भन्ने शब्द कतै ‘छक्कापन्जा ३’काे टिमलार्इ व्यंग्य गर्दै तयार पार्नु भएकाे त हाेइन ?’

सापकाेटाकाे प्रश्नले हलमा उपस्थित पत्रकार तथा निम्तालुहरूकाे भीडमा हाँसाे गुन्जियाे । निर्देशक शर्मामात्र हाेइन संगीतकार राजनराज पनि एकछिन अकमक्क परे । राजनराजले माइक लिएर बाेलिहाले, ‘मान्छे सफल भयाे भनेर धेरै घमण्ड गर्याैं भने जाे पनि गिर्नुपर्छ, दूध उमाल्दा अागाेकाे अाँच ठिक्ककाे भयाे भने उम्लिएर पाेखिनुपर्दैन, त्यसैले हामीले पनि दूध पाेखाइबाट धेरै सिक्नुपर्छ भनेर मैले याे गीत तयार पारेकाे हुँ, कसैप्रति याे व्यंग्य गरिएकाे हाेइन ।’

राजनराजकाे जवाफमा अझै पनि व्यंग्य झल्किएकै थियाे । त्यसैले निर्देशक शर्माले गलत नबुझिदिउन् भनेर माइक समाए । उनले राजनराजकाे भनाइमा थप्दै भने, ‘हामीले छक्कापन्जा वा दीपकराज गिरी कसैलार्इ पनि व्यंग्य गरेका हाेइनाैं । ‘जय भाेले’कै केही पात्रहरू घमण्डले पुल्पुलिने प्रसंग छ, तिनै पात्रहरूलार्इ भनिएकाे हाे, उम्लियाे भने पाेखिन्छ । त्याे पनि हामीले हाेइन बुद्धि तामाङकाे क्यारेक्टरले भनेकाे शब्द हाे ।’

शर्माले ‘जय भाेले’ निर्माण घाेषणा गर्ने बेला नै फिल्म फूलपातीकाे दिन रिलिज हुने बताएका थिए । त्यसअघि नै ‘छक्कापन्जा ३’ले पनि फूलपातीमै दर्शकमाझ अाउने प्रण गरिसकेकाे थियाे । त्यही बेलादेखि नै ‘जय भाेले’ र ‘छक्कापन्जा ३’ टिमबीच छेडखानी चल्दै अाएकाे छ । बिहीबार पनि त्यसले निरन्तरता पायाे ।

‘फिल्म रिलिजकाे बारेमा दीपकसँग मेराे कुराकानी भइरहेकाे छ, हामीबीच कुनै सहमति पनि हुनसक्छ, अथवा भएन भने पनि दशैंमा दुइटै फिल्म चल्नसक्छ,’ शर्माले भने, ‘दशैंमा दर्शककाे मुड एकदम उत्सवमय हुन्छ, त्यसैले दुइटै फिल्म हेरिदिनसक्छन् ।’

जय भाेलेकी मुख्य नायिका स्वस्तिमा खड्काले ‘छक्कापन्जा ३’मा पनि अभिनय गरेकी छिन् । तर, यसप्रति शर्मालार्इ कुनै गुनासाे छैन । स्वस्तिमालार्इ पनि कुनै पछुताे छैन । उनले भनिन्, ‘प्रियंका कार्की दिदीकाे चारवटा फिल्म एकैचाेटि लाग्नुहुने, मेराे चाहिँ दुइटा लाग्दा के नै हुन्छ र, तैपनि ‘छक्कापन्जा ३’मा म एउटा गीतमा मात्र देखा पर्छु ।’

कलाकार भएपछि राम्राे फिल्मकाे अफर अाउँदा छाड्नु हुँदैन भन्दै निर्देशक शर्माले थपे, ‘भविष्यमा दीपकले मलार्इ पनि अफर गर्याे भने म पक्कै खेल्नेछु । कलाकारले फिल्म खेल्नु नराम्राे हाेइन ।’ उनले ‘छक्कापन्जा’ एउटा ब्रान्ड बनिसकेकाे र अाफूहरूकाे ‘जय भाेले’लार्इ पनि ब्रान्ड बनाइदिन सबैसँग अाग्रह गरे । ‘छक्कापन्जा ३’काे सफलताकाे कामना गर्दै शर्माले अाफ्नाे रणनीति खुलाए, ‘हरेक निर्मातालार्इ अाफ्नाे फिल्म नै अरूकाे फिल्मभन्दा धेरै हलमा रिलिज हाेस् भन्ने हुन्छ, मैले पनि ‘जय भाेले’लार्इ बढी हल मिलाउन हरप्रयास गरिरहेकाे छु ।’

प्रकाशित मिति ३१ जेष्ठ २०७५, बिहीबार १८:०१