‘भैरे’काे ट्रेलर मसलादार

काठमाडाैं/ पछिल्लाे समयमा जस्ताे कन्टेन्ट दर्शकले रूचाइराखेका छन्, त्यस्तै कन्टेन्टले भरिपूर्ण छ फिल्म ‘भैरे’काे ट्रेलर । साेमबार काठमाडाैंकाे क्युज सिनेमा हलमा ‘भैरे’काे ट्रेलर सार्वजनिक गरियाे । साेही समाराेहमा फिल्मका मुख्य अभिनेता दयाहाङ रार्इले भने, ‘बजारमा जुनजुन कुरा बिक्छ, तिनैलार्इ जम्मा गरेर ट्रेलर तयार पारिएकाे रहेछ, तैपनि मलार्इ मन पर्याे ।’

एभरेस्ट सूर्य बाेहाेराद्वारा निर्देशित फिल्म अागामी साउन ४ गते रिलिज हुँदैछ । निर्देशक बाेहाेरालार्इ धेरैले दयाहाङले लुटमा जस्ताे काम गरेका छन् कि कबड्डीमा जस्ताे भनेर साेधेका रहेछन् । यस्ताे प्रश्नले बाेहाेरा वाक्क भएका छन् ।’यसमा दयाहाङले अरू फिल्ममा जस्ताे हाेइन भैरैजस्ताे अभिनय गरेका छन्,’ बाेहाेराले साेमबारकाे कार्यक्रममा प्रष्ट्याए ।

दयाहाङलार्इ बाेहाेराबाट केही वर्षअघि फिल्म ‘मुटु’मै खेल्ने अफर अाएकाे रहेछ । तर, त्यतिबेला दयाहाङले अाफ्नाे स्वभावअनुसार फिल्म नमिल्ने भएर खेलेनन् । ‘भैरे’मा फेरि बाेहाेराले अफर गरेपछि दयाहाङ राजी भएका हुन् ।

अाेएसअार डिजिटलले रिलिज गरेकाे ट्रेलर लभ, राेमान्स, एक्सन र कमेडीले भरिभराउ छ । फिल्मभित्र पनि तिनै तत्वहरू हेर्न पाइने एक निर्माता तथा गायक यम बरालले बताए । फिल्मलार्इ बिकाउ बनाउन सक्दाे मिहेनत गरिएकाे उनकाे दावी छ ।

लेखबहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता तथा करुणाकर घिमिरे, सबिता गुरुङ, कुमार बस्नेत र सिन्धु पौडेल सहनिर्माता छन् । फिल्ममा वर्षा सिवाकाेटी, सुरक्षा पन्त, बुद्धि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा, जयनन्द लामा, अर्जुन गुरूङ, जानही बाेहाेरालगायतले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति ४ असार २०७५, सोमबार १४:०१