‘जुरासिक वर्ल्ड’लार्इ भारतमा सय कराेड

क्रिश प्याट अभिनित फिल्म ‘जुरासिक वर्ल्डः फलेन किंगडम’ले भारतमा रिलिज भएकाे दाेस्राे सप्ताहन्तमा अाफ्नाे कमाइ सय कराेड भारूभन्दा माथि पुर्याएकाे छ । युनिभर्सल पिक्चर्स इन्टरनेसनले विज्ञप्ति जारी गर्दै साे कुराकाे पुष्टि गरेकाे हाे ।

भारतमा यसअघि सातवटा विदेशी फिल्मले मात्र सय कराेड पार गरेका गरेका थिए । विज्ञप्तिमा जनाइए अनुसार दाेस्राे सप्ताहन्तमा यसले गरेकाे व्यापार कुनै पनि विदेशी फिल्मकाे पाँचाैं ठूलाे हाे ।

याे फिल्मले चीनमा पनि राम्राे सुरूवात गरेकाे छ । पहिलाे सप्ताहन्तमा यसकाे चिनियाँ काराेबार ११ कराेड १९ लाख डलर पुगेकाे छ । फिल्मले संसारभर ३७ कराेड डलर उठाइसकेकाे छ ।

इस्ला नुब्लर भन्ने टापुमा अाफैं बाँचिरहेका डाइनाेसर र मान्छेकाे जम्काभेटकाे कथा फिल्ममा हेर्न पाइन्छ । भारतमा अंग्रेजी, हिन्दी, तमिल र तेलुगु भाषामा गत जुन ७ देखि याे फिल्म चल्दैछ । जे एे बायाेनाद्वारा निर्देशित फिल्मले भारतका १९ सयभन्दा बढी हल पाएकाे छ । अमेरिकामा याे फिल्म जुन २२ मा मात्र रिलिज हुँदैछ ।

याे फिल्म २०१५ मा रिलिज भएकाे ‘जुरासिक वर्ल्ड’काे सिक्वेल हाे । फिल्म १७ कराेड डलरमा बनाइएकाे हाे ।

प्रकाशित मिति ५ असार २०७५, मंगलवार १७:०६