‘थ्री इडियट्स’काे सिक्वेल बन्ने

मुम्बर्इ/ सन् २००९ मा रिलिज भएकाे फिल्म ‘थ्री इडियट्स’ अहिले पनि धेरैलार्इ मन पर्छ । अामिर खानका फ्यानमात्र हाेइन अहिलेका युवा पुस्तामा याे फिल्म मन नपराउने सायद भेटिएला । बलिउडकाे एउटा उत्कृष्ट र स्मरणीय फिल्मकाे रूपमा याे स्थापित भइसकेकाे छ ।

र, अब खुसीकाे खबर ! याे फिल्मकाे पनि सिक्वेल बन्ने भएकाे छ । यसका निर्देशक राजकुमार हिरानीकाे नयाँ फिल्म ‘सञ्जु’ अागामी शुक्रबार रिलिज हुँदैछ । ‘सञ्जु’कै प्रमाेसन कार्यक्रममा हिरानीले याे खबर चुहाएका हुन् ।

‘म बिल्कुलै थ्री इडियट्सकाे सिक्वेल बनाउने पक्षमा छु । म र लेखक अभिजात जाेशीले केही दिनदेखि यसकाे कथा लेख्न पनि थालेका छाैं । तर, तुरून्त चाहिँ बन्दैन । पटकथामा हामी पर्याप्त समय खर्चिनेछाैं,’ हिरानीले भने ।

तर ‘थ्री इडियट्स’भन्दा पहिले हिरानी सञ्जय दत्तलार्इ लिएर ‘मुन्ना भार्इ ३’ बनाउँदैछन् । ‘सञ्जु’काे रिलिज सकिने बित्तिकै ‘मुन्नाभार्इ ३’काे सुटिङ थाल्ने याेजना हिरानीकाे छ । त्यसपछि बल्ल उनी ‘थ्री इडियट्स’काे काममा लाग्नेछन् ।

चेतन भगतकाे ‘फाइभ प्वाइन्ट समवान’ उपन्यासबाट प्रभावित भनिएकाे ‘थ्री इडियट्स’काे पटकथा अभिजात जाेशीले लेखेका थिए । बलिउडमा दुर्इ सय कराेड क्लबकाे रेकर्ड बनाउने याे पहिलाे फिल्म हाे । यसले चीन र जापानमा समेत उत्साहजनक व्यापार गरेकाे थियाे ।यसकाे तमिलमा ‘नानबान’ र मेक्सिकाेमा ‘थ्री इडियाेटास’ नाममा रिमेक भइसकेकाे छ ।

सन् २०१६ मा ‘रंग दे वसन्ती’ फिल्मकाे १० अाैं वार्षिकाेत्सव मनाउने क्रममा अामिर खानले पनि ‘थ्री इडियट्स’काे सिक्वेल बन्ने संकेत दिएका थिए । उनले त्यतिबेला भनेका थिए, ‘थ्री इडियट्स सिक्वेलका लागि राजकुमार हिरानीले कथा भेटाइसक्नुभएकाे छ । हेराैं सिक्वेल बन्न पनि सक्छ ।’

प्रकाशित मिति ८ असार २०७५, शुक्रबार ०४:४०