‘बुलबुल’बाट निर्देशनमा विनाेदकाे डेब्यु

काठमाडौं/ कुनै समय उनी अाफू पनि फिल्मका विद्यार्थी थिए । तर पछिल्ला केही वर्षदेखि उनी अाफैं फिल्मका विद्यार्थी बढाउने अभियानमा लागेका छन् । उनी हाल अाेस्कार फिल्म कलेजका प्रिन्सिपलका रूपमा चिनिन्छन् । उनका थुप्रे विद्यार्थीले फिल्म निर्देशन गरिसकेका छन् ।

उनी अर्थात् विनाेद पाैडेलका लागि भने निर्देशनकाे ढाेका बल्ल खुलेकाे छ । खासमा उनी पटकथा लेखक हुन् । उनले केही सर्ट फिल्म र साँघुराे फिल्मकाे पटकथा लेखेका थिए । अहिले भने उनी अर्थात् विनाेद पाैडेल अाफैं फिल्म निर्देशनमा अाेर्लेका छन् ।

चञ्चले युवतीको भूमिकामा पर्दामा देखिँदै आएकी स्वस्तिमा खड्का सोमबार घोषणा भएको ‘बुलबुल’मा भने टेम्पाे ड्राइभरको भूमिकामा देखिने भएकी छिन् । अवेकन  प्रोडक्सनकाे ब्यानरमा बन्न लागेकोे फिल्म ‘बुलबुल’मा स्वस्तिमा ननग्ल्यामरस भूमिकामा देखिन लागेकी हुन् ।

घोषणा कार्यक्रममा बोल्दै निर्देशक पौडेलले फिल्मले एक खाले समाजको दैनिकीलाई दुरुस्त उतार्ने बताए । ‘फिल्मको घोषणा कार्यक्रममा फिल्मका बारेमा बोल्नु अतिशयोक्ति जस्तो लाग्छ । फिल्मले नै बोलोस् भन्ने लाग्छ । हामीले फिल्ममार्फत समाजका एक वर्गको चित्र प्रस्तुत गर्ने जमर्को गरेका छौं, उनले थपे, ‘ फिल्म के कस्तो बन्छ त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो प्रयासमा इमान्दारिता देख्न पाउनु हुनेछ । अरु केही नभए पनि यो फिल्मले एक्टरको जन्म गराउनेछ ।’

फिल्मकोे मुख्य भूमिकामा देखिन लागेकी स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकी छिन् । उनले फिल्म आफ्ना लागि विशेष रहेको भन्दै फिल्म आफ्नो कारणले मात्र नभइ टिमकै कारण राम्रो हुने बताइन् ।

‘ यो फिल्ममा मलाई हेर्न भनेर पनि कोही आउनु होला तर यो फिल्म स्टारको नभइ कलाकारको हो ,’ उनले भनिन्, ‘अनि निर्माताले मलाई स्टार भएर फिल्म चल्छ भनेर लिएको पनि होइन । स्टार नै लिन खोज्नु भएको भए बजारमा मभन्दा धेरै चलेका कलाकार हुनुहुन्छ ।’
निर्मातामध्येका एक अबिरल थापाले नेपाली फिल्मकोे दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइँदै आएका प्रश्नहरू मध्ये फिल्मले ५१ प्रतिशत प्रश्नको उत्तर दिने बताए ।

‘हामी नेपाली फिल्मका हरेक आरोहअवरोहबाट परिचित छौं । यसले खेप्दै आएका आलोचना पनि पढ्दै आएका छौं । यो फिल्म धेरै समीक्षकले उठाएका प्रश्न उत्तर हुने अपेक्षासहित बनाउने प्रयास रहनेछ ।

साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा कथा तथा पटकथा पनि विनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायांकन रहने फिल्ममा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्ज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । कोेशिश क्षेत्री र उदगम परियारको सगीत रहेको फिल्ममा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ ।

प्रकाशित मिति ११ असार २०७५, सोमबार १८:२५