सलमानकाे ‘रेस ३’ झुर फिल्मकाे सूचीमा

बक्सअफिसमा राम्रै करामत देखाए पनि सलमान खानकाे पछिल्लाे फिल्म ‘रेस ३’ले राम्राे समीक्षा पाउन सकेकाे छैन । पेशेवर समीक्षकमात्र हाेइन अनलाइन प्रयाेगकर्ताहरूका नजरमा पनि ‘रेस ३’ कमजाेर साबित भएकाे छ ।

अार्इएमडिबी (इन्टरनेट मुभी डाटाबेस)काे झुर हिन्दी फिल्मकाे सूचीमा रेस ३ पनि परेकाे छ । अार्इएमडिबीका भिजिटरहरूले दिने मतका अाधारमा याे सूची तयार हुन्छ । ‘रेस ३’ले एकदमै थाेरै अर्थात् १० मा २ दशमलव ६ रेटिङ पाएकाे छ ।

ज्याक्वेलिन फर्नान्डेज, अनिल कपुर, बबी देवल लगायतले पनि अभिनय गरेकाे फिल्मलार्इ रेमाे डिसुजाले निर्देशन गरेका हुन् । अार्इएमडिबीकाे सूचीमा ‘रेस ३’ ले ‘क्या कुल है हम’ (२.४), ‘हमसकल्स’ (२.१), ‘हिम्मतवाला’ (२) र ‘रामगाेपाल वर्माकी अाग’ (१.९)लार्इ मात्र उछिनेकाे छ ।

इदमा रिलिज भएकाे फिल्मले भारतमा अहिलेसम्म करिब डेढ सय कराेड भारू उठाइसकेकाे छ । तर, भारतकै प्रतिष्ठित मिडियामा सुरूदेखि नै फिल्मले कमजाेर समीक्षाकाे सामना गर्दैअाएकाे छ ।

प्रकाशित मिति १३ असार २०७५, बुधबार ०६:०७