सात कीर्तिमान ताेड्दै ‘सञ्जु’ कराेड क्लबमा

मुम्बर्इ/ बलिउड अभिनेता सञ्जय दत्तकाे जीवनीमा अाधारित फिल्म ‘सञ्जु’ले बक्स अफिसमा तहल्का मच्चाइरहेकाे छ । यसले अाइतबार ४६ कराेड ७१ लाख भारू कमाउँदै घरेलु बजारमा सय कराेड क्लबकाे अाँकडा पार गरेकाे छ । शुक्रबार ३४ कराेड ७५ लाख र शनिबार ३८ कराेड ६० लाख भारू कमाएकाे फिल्मकाे पहिलाे विकेन्डकाे कुल कलेक्सन १२० कराेड ६ लाख पुर्याएकाे छ ।

राजकुमार हिरानीद्वारा निर्देशित फिल्ममा सञ्जय दत्तकाे भूमिका रणवीर कपुरलार्इ दिइएकाे छ । उनले सञ्जयकाे चरित्रलार्इ फिल्ममा जीवन्त पारिदिएका छन् । त्यसैले उनकाे चाैतर्फी प्रशंसा भइरहेकाे छ ।

फिल्मले सय कराेड क्लबमा प्रवेश गरेसँगै विभिन्न कीर्तिमान पनि बनाएकाे छ । ती कीर्तिमान के-के हुन् त ? यहाँ चर्चा गरिएकाे छ ।

१. वर्षकाे सबैभन्दा ठूलाे अाेपनर

‘सञ्जु’ले पहिलाे दिन उठाएकाे ३४ कराेड ७५ लाख भारू याे वर्षमा अहिलेसम्म अरू फिल्मले उठाउन सकेकाे छैन । ‘सञ्जु’ले सलमान खानकाे ‘रेस ३’लार्इ याे सवालमा पछि पारेकाे छ । ‘रेस ३’ले पहिलाे दिन २९ कराेड १७ भारू कमाएकाे थियाे । त्यसपछि ‘बागी २’ ले २५ कराेड ११ लाख र ‘पद्मावत’ले पहिलाे दिन १९ कराेड भारू व्यापार गरेका थिए ।

२. सर्वाधिक राम्राे विकेन्ड

सलमानकाे ‘रेस ३’ले पहिलाे तीन दिनमा १०६ कराेड ४७ लाख भारू अार्जन गरेकाे थियाे । पाँच दिनकाे विकेन्ड पाएकाे फिल्म ‘पद्मावत’ले समेत ११४ कराेड कमाएकाे थियाे ।

३. रणवीरकाे अहिलेसम्मकै उच्च अाेपनिङ

रणवीरकाे ‘बेसरम’ले २०१३ मा  रिलिज हुँदा पहिलाे दिन २१ कराेड ५६ लाख भारू उठाएकाे थियाे । त्याे नै उनकाे  फिल्मले अहिलेसम्म गरेकाे सबैभन्दा राम्राे कमाइ हाे । ‘सञ्जु’ले चाहिँ पहिलाे दिन ३४ कराेड ७५ लाख भारू उठाएकाे छ ।

४. रणवीरकाे सबैभन्दा राम्राे विकेन्ड

रणवीरकाे ‘ये जवानी है दिवानी’ले रिलिजकाे पहिलाे विकेन्ड अर्थात् पहिलाे तीन दिनमा ६१ कराेड ८७ लाख भारू कमाएकाे थियाे । त्याे नै अहिलेसम्मकाे सबैभन्दा उच्च थियाे । त्याे रेकर्डलार्इ ‘सञ्जु’ले ताेडिदिएकाे छ ।

५. राजकुमार हिरानीकाे उच्च अाेपनिङ

राजकुमार हिरानीद्वारा निर्देशित फिल्ममध्ये यसअघि ‘पिके’काे पहिलाे दिनकाे कलेक्सन नै उत्कृष्ट थियाे । अामिर खान अभिनित ‘पिके’ले पहिलाे दिन २५ कराेड ४५ लाख भारू बटुलेकाे थियाे । त्याे रेकर्ड ‘सञ्जु’का अगाडि फिक्का साबित भएकाे छ ।

६. हिरानीकाे राम्राे विकेन्ड

हिरानीकाे ‘पिके’ले पहिलाे विकेन्ड ९३ कराेड ८२ लाख भारू हात पारेकाे थियाे । फिल्मले चार दिनमा मात्र सय कराेड क्लबमा प्रवेश पाएकाे थियाे । तर ‘सञ्जु’ले पहिलाे विकेन्डमै १२० कराेड नघाएकाे छ ।

७. बाहुबलीभन्दा अगाडि

कुनै पनि हिन्दी फिल्मले एक दिनमा कमाएकाे सबैभन्दा ठूलाे रकम यसअघि ‘बाहुबली २’काे थियाे । ‘बाहुबली २’ले तेस्राे दिन ४६ कराेड ५० लाख भारू कमाएकाे थियाे । ‘सञ्जुले’ याे रेकर्डलार्इ पनि उछिनेकाे छ । ‘सञ्जु’काे तेस्राे दिनकाे कमाइ ४६ कराेड ७१ लाख छ।

 

प्रकाशित मिति १९ असार २०७५, मंगलवार ०५:२४