तीन सय कराेड क्लबमा ‘सञ्जु’

राजकुमार हिरानीद्वारा निर्देशित फिल्म ‘सञ्जु’ अाधिकारिक रूपमै तीन सय कराेड क्लबमा प्रवेश गरेकाे छ । विश्वव्यापी ग्रस चाहिँ ५ सय कराेड भारू पुगेकाे छ । अाइतबारसम्मकाे हिसाब अनुसार ‘सञ्जु’ले भारतमा ३१६ कराेड ६४ लाख कलेक्सन गरिसकेकाे छ ।

यसले तेस्राे विकेन्डमा मात्रै २१ कराेड ४६ लाख भारू कमाएकाे छ । फिल्मले अाइतबार ९ कराेड २९ लाख, शनिबार ७ कराेड ७५ लाख र शुक्रबार ४ कराेड ४२ लाख हात पारेकाे थियाे ।

भारतीय अभिनेता सञ्जय दत्तकाे जीवनीमा अाधारित फिल्म ‘सञ्जु’मा रणवीर कपुरले मुख्य भूमिका निर्वाह गरेका छन् । रणवीरकाे फिल्मले ३ सय कराेडकाे अाँकडा छुन सफल भएकाे याे पहिलाे अवसर हाे ।

फिल्मले पहिलाे हप्तामै २०२ कराेड ५१ लाख भारू र दाेस्राे हप्ता ९२ कराेड ६७ लाख उठाएकाे थियाे । याे सर्वाधिक कलेक्सन गर्ने छैटाैं र ३ सय कराेड क्लबमा प्रवेश गर्ने साताैं हिन्दी फिल्म साबित भएकाे छ ।

यसअघि ‘पिके’, ‘बजरंगी भार्इजान’, ‘सुल्तान’, ‘दंगल’, ‘बाहुबली २’ र ‘टाइगर जिन्दा है’ले ३ सय कराेड क्लबमा अाफ्नाे नाम लेखाइसकेका छन् । निर्देशक राजकुमार हिरानीले ३ सय कराेडकाे सफलता हात पारेकाे ‘पिके’पछि याे दाेस्राे अवसर हाे ।

प्रकाशित मिति ३२ असार २०७५, सोमबार १६:१४