लाखाैंकाे सेटमा ‘जय शम्भु’काे गीत

काठमाडाैं/ पछिल्लाे समयमा नेपाली फिल्मका गीतहरू महँगाे लगानीमा तयार हुन थालेका छन् । विदेशमा छायांकन गर्नेदेखि लिएर महँगाे सेट लगाएर खिच्ने चलन बढेकाे छ । फिल्म ‘जय शम्भु’मा पनि दस लाख रूपैयाँभन्दा बढीकाे लगानीमा निर्मित सेटमा गीत खिचिएकाे छ ।

रूपेश तामाङ थिङद्वारा निर्देशित फिल्म अागामी भदाै १ गते रिलिज हुँदैछ । टंक बुढाथाेकीले कम्पाेज गरेकाे ‘म त परेँ तिम्रै भर’ बाेलकाे उक्त गीत बिहीबार सार्वजनिक गरिएकाे हाे । अमृता नेपालकाे शब्द रहेकाे गीतलार्इ टंक र अञ्जु पन्तले गाएका छन् ।

राजु पेन्टरले डिजाइन गरेकाे सेट र मुडेका सुन्दर प्राकृतिक दृश्यमा गीत खिचिएकाे छ । फिल्मलार्इ भव्य बनाउन कुनै कम्प्राेमाइज नगरिएकाे कास्टिङ डाइरेक्टर समीर बलामीले बताए । गीतकाे छायांकनकै लागि दस दिन लागेकाे थियाे ।

गीतमा रामजी लामिछानेकाे काेरियाेग्राफी र हरि घले लामाकाे छायांकन छ । कुनै पनि गीतमा यतिकाे मिहेनत पहिलाेपटक गरिएकाे अनुभव वर्षाले सुनाइन् । गीत रिलिज समाराेहमा निर्देशक रूपेश र अभिनेता अनुपविक्रम शाही उपस्थित थिएनन् । गीतमा वर्षा र अनुपले अभिनय गरेका छन् । गीत रिलिज समाराेहमा फिल्म युनिटलार्इ शुभकामना दिन फिल्मका खलनायक प्रशान्त ताम्राकार उपस्थित भए ।

 

प्रकाशित मिति ३ श्रावण २०७५, बिहीबार १६:३०