मनमाेहन सिंहमाथि फिल्म बन्दै

भारतमा बायाेपिक फिल्म बन्ने लहर चलेकाे छ । भर्खरै राजकुमार हिरानीले सञ्जय दत्तकाे जीवनीमा अाधारित भर्इ ‘सञ्जु’ बनाए । अब पर्दामा अाउँदैछ भारतका पूर्व प्रधानमन्त्री मनमाेहन सिंहकाे कथा ।

विजय रत्नाकर कुट्टेद्वारा निर्देशित उक्त फिल्मकाे नाम ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ राखिएकाे छ । फिल्ममा अनुपम खेरले मनमाेहन सिंहकाे भूमिका निर्वाह गरेका छन् । फिल्म अागामी क्रिसमसलार्इ लक्षित गर्दै डिसेम्बर २१ मा रिलिज हुँदैछ ।

भारतीय पत्रकार तरण अादर्शले साेमबार फिल्मकाे एउटा फाेटाे सार्वजनिक गरेका छन् । फाेटाेमा मनमाेहन सिंहबाहेक अब्दुल कालम, साेनिया गान्धी, प्रियंका गान्धी, राहुल गान्धी लगायत पनि देख्न सकिन्छ ।

सुजान बर्नेटलार्इ साेनिया गान्धी, अाहाना कुमारलार्इ प्रियंका गान्धी र अर्जुन माथुरलार्इ राहुल गान्धीकाे भूमिका दिइएकाे छ । राजनीतिक विश्लेषक सञ्जय बरूद्वारा लिखित पुस्तक ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’मै अाधारित छ फिल्म । सञ्जयकाे भूमिका अक्षय खन्नाले निर्वाह गरेका छन् ।

प्रकाशित मिति ७ श्रावण २०७५, सोमबार १७:०२