‘नाइँ नभन्नू ल’मा मेलिनाकाे मिठास

काठमाडाैं/ विकास अाचार्यकाे फिल्म ‘नाइँ नभन्नू ल’ सिरिजकाे विशेषता के हाे भने, हरेक पटक यसकाे कुनै न कुनै गीत हिट हुँदै अाएकाे छ । पाँचाैं सिरिजकाे पहिलाे गीत मंगलबार रिलिज भएकाे छ, जसलार्इ टाइटल गीत नै मान्दा हुन्छ । याे गीत चाहिँ कस्ताे छ त ?

सायद धेरैले गीत सुनिसकेका छन् । गीतकाे भिडियाे पनि हेरिसकेका छन् । बुढासुब्बा म्युजिककाे युट्युब च्यानलमा गीत हेर्ने दर्शकबाट पनि बधार्इकाे अाेइराे लागिरहेकाे छ ।

दिनेश थपलियाकाे शब्द र वसन्त सापकाेटाकाे संगीत रहेकाे गीतलार्इ मेलिना रार्इकाे मिठासपूर्ण स्वरकाे साथ मिलेकाे छ । वसन्तले यसअघि  थुप्रै मेलाेडियस गीत कम्पाेज गरेका थिए । यसपटक पनि उनकाे त्याे मेलाेडी प्रष्फुटन भएकाे छ ।

‘तिम्राे अाँखामा अाँखा जुधार्इ’ बाेलकाे गीतकाे कम्पाेजिसन निकै नरम र स्वच्छ छ, जुन मेलिनाकाे स्वरले अझ मिठाे बनेकाे छ । राेमान्टिक पप शैलीकाे गीतकाे भिडियाे हरियालीले भरिभराउ छ । तर, लाेकेसनमा नयाँपन छैन । ड्राेन अावश्यकताभन्दा बढी उडाइएकाे छ ।

गीतमा स्वस्तिमा खड्का, सेड्रिना शर्मा र अभिषेक नेपालकाे मुख्य अभिनय छ । सेड्रिना र स्वस्तिमा क्युट देखिन्छन् । अभिषेककाे उपस्थिति ठिकै छ । फिल्ममा उनकाे अभिनय कस्ताे छ, त्याे हेरेपछिमात्र गीतमा उनकाे उपस्थितिकाे अाैचित्य पुष्टि हाेला । अहिले नै उनकाे बारेमा समीक्षा गर्दा हतार हुनेछ ।

गीत सराहनीय नै छ । यसले भदाै ८ मा रिलिज हुन लागेकाे फिल्मकाे प्रवर्द्धनमा पक्कै फाइदा पुग्नेछ । गीतले विशेषगरी युवा पिँढीका दर्शकलार्इ रिझाउनसक्छ ।

 

 

प्रकाशित मिति ८ श्रावण २०७५, मंगलवार १५:२७