‘जय शम्भु’मा अनुप र प्रशान्तकाे एक्सन

काठमाडौं/ एक्सनप्रधान फिल्मकाे अाफ्नै खालकाे दर्शक छ । त्यही वर्गका दर्शकलार्इ लक्षित गर्दै फिल्म ‘जय शम्भु’ निर्माण भएकाे छ । फिल्म भदाै १ गते रिलिज हुँदैछ । अाइतबार सार्वजनिक फिल्मकाे ट्रेलर नै एक्सनले भरिभराउ छ ।
रूपेश तामाङद्वारा निर्देशित फिल्ममा दुर्इ अभिनेता अनुपविक्रम शाही र प्रशान्त ताम्राकारले एक्सन पस्किने अभिभारा सम्हालेका छन् । श्री श्रेष्ठले काेरियाेग्राफ गरेकाे फाइटका दृश्यहरूलार्इ दर्शकले रूचाउने छनक ट्रेलरले दिएकाे छ । निकै ठूलाे लगानी गरिएकाे फिल्मका रूपमा चिनिएकाे जय शम्भुलार्इ दिनेश शाहीले प्रस्तुत गरेका हुन् । अरविन्द्रमान शाक्य निर्माता, चक्र पाख्रिन कार्यकारी निर्माता, कुशल शर्मा र शिक्षा काफ्ले सहनिर्माता रहेकाे फिल्ममा हरि घलेकाे छायांकन रहेकाे छ ।
फिल्ममा एक्सनमात्र छैन । राेमान्स पनि उत्तिकै छ । अनुपविक्रम र वर्षा सिवाकाेटीकाे राेमान्सकाे झल्काे दर्शकले यसअघि रिलिज भइसकेकाे महँगाे गीतबाटै पाइसकेका छन् ।  रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, वसन्त भट्ट, राजकुमार थापा, कालु रानालगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति १४ श्रावण २०७५, सोमबार ०३:४०