‘प्रसाद’को मार्मिक गीत ‘लैलै’

काठमाडाैं/ फिल्म ‘प्रसाद’ले फस्ट लुकका रूपमा अाफ्नाे गीत रिलिज गरेकाे छ । ‘लैलै’ बाेलकाे गीतलार्इ अाेएसअारकाे युट्युब च्यानलबाट लिरिकल भिडियाे बनाएर मंगलबार सार्वजनिक गरिएकाे हाे । भिडियोमा फिल्मका संक्षिप्त दृश्यहरू समेटिएकाे छ ।गीतमा मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतकाे अभिनय हेर्न पाइनेछ ।

निःसन्तान दम्पत्तिको माया र सम्बन्धको कथा बोल्ने ‘प्रसाद’मा विपिन र नम्रताले जाेडीकाे भूमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ ।

केतन क्षत्रीले गाएको गीत गणेश शाहीले लेखेका हुन् भने संगीत सुवास भुषालले दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । फिल्मका निर्देशक दिनेश राउतले फिल्मकाे पूरा मर्मलाई गीतले समेट्ने भएकोले नै फिल्मकाे फस्टलुकका रूपमा यस गीतलाई सार्वजनिक गरिएको बताए । त्यसो त फिल्ममा अर्को गीत पनि रहेको उनले जनाए ।

सुवास थापाको निर्माण रहेको फिल्मकाे पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् ।  सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुराउन सक्छ भन्ने देखाउन खोजिएको छ ।

फिल्म अागामी मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति ३ आश्विन २०७५, बुधबार ०५:५१