नेपालबाट अाेस्कारमा ‘पञ्चायत’ भिड्ने

काठमाडाैं/ अाउँदाे ९१ अाैं अाेस्कार अवार्डमा नेपालबाट ‘पञ्चायत’ फिल्मले सहभागिता जनाउने भएकाे छ । शिवम अधिकारीद्वारा निर्देशित फिल्मले ‘तान्द्राे’ र ‘मार्इ लभ’लार्इ उछिन्दै नेपालकाे प्रतिनिधि बन्न सफल भएकाे हाे ।

नेपालकाे अाेस्कार छनाेट समितिले मंगलबार पञ्चायतलार्इ छनाेट गर्ने निर्णय गरेकाे हाे । अमेरिकाकाे एकेडेमी अफ माेसन पिक्चर अार्ट एन्ड साइन्सेसद्वारा अायाेजना गर्न लागिएकाे अाेस्कारकाे गैरअंग्रेजी भाषातर्फकाे क्याटगाेरीमा नेपालले भाग लिनेछ । उक्त क्याटगाेरीमा भाग लिन विभिन्न ६० भन्दा बढी देशका फिल्म छनाेट भइसकेकाे छ ।

नेपाल छनाेट समितिमा विमल पाैडेलकाे संयाेजन, प्रदीपकुमार उदय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र सलभ, लाेकेन्द्र पराजुली, सामीप्य तिमिल्सेना र चिरिञ्जीवी गुरागार्इं सदस्य रहेका थिए । समितिले खुला अाह्वान गरे पनि माथि उल्लेखित तीनवटा फिल्मले मात्र सहभागिताका लागि निवेदन दिएका थिए ।

९१ अाैं अाेस्कार समाराेह अागामी फेब्रुअरी २४ मा हुनेछ । ‘पञ्चायत’मा निता ढुंगाना, सराेज खनाल, रूपा राना लगायतका कलाकारकाे मुख्य भूमिका रहेकाे छ ।

 

प्रकाशित मिति ४ आश्विन २०७५, बिहीबार १७:५५