छायांकनका लागि तयार ‘लभ स्टेसन’

काठमाडाैं/ फिल्म ‘लभ स्टेसन’ छायांकनकाे पूर्वसन्ध्यामा पुगेकाे छ । फिल्मकाे साेमबार बिहान पशुपति मन्दिरमा मुहूर्त गरियाे । याे फिल्म दुर्इ कारणले चर्चामा छ ।

यसमा ‘लिलिबिली’का कलाकार जाेडी प्रदीप खड्का र जसिता गुरुङको जोडी रहेकाे छ । त्यस्तै पुराना निर्देशक उज्ज्वल घिमिरे धेरै समयपछि निर्देशनमा अाेर्लिंदैछन् । फिल्मलार्इ ‘लिलिबिली’कै एक निर्माता गाेविन्द शाहीले निर्माण गर्दैछन् ।

फिल्मकाे छायांकन शुक्रबारबाट भारतको दार्जिलिङमा सुरू हुनेछ। सुटिङ युनिट मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछन् भने नायकनायिका बुधबार जाने निर्माता गोविन्दले अवगत गराएका छन्।

फिल्मकाे सबै छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम र नेपालको पूर्वी भेग इलामकाे फिक्कलमा हुनेछ। ५० दिनको छायांकन तालिका रहेको फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुडी श्रद्धा क्षेत्री तथा निरुता सिंह, सरोज खनालले पनि अभिनय गर्नेछन् ।

पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतका फिल्मभन्दा केही पृथक ‘लभ स्टेसन’ बन्ने पनि प्रदीपले बताए। आलोक शुक्लाको छायांकन रहने फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ। दार्जिलिङका उमेश थापा लाइन प्रोड्युसर रहेकाे फिल्मलार्इ काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गर्न लागेका हुन्।

प्रकाशित मिति ८ आश्विन २०७५, सोमबार १४:५७