‘प्रेमलीला’ निर्देशकप्रति दीपशिखाकाे गुनासाे

काठमाडाैं/ फिल्म ‘प्रेमलीला’बाट निकै अाशा लिएकी छिन् अभिनेत्री दीपशिखा खड्काले । यसपटक अाफ्नै लिड राेलमा उनले फिल्म तयार पारेकी छिन् । अाफ्नाे गेटअप पनि बदलिएकी छिन् । यसअघि ५-६ वटा फिल्म खेलिसके पनि उनी यही फिल्मलार्इ डेब्यु मान्न चाहिन्छन् । किनभने विगतका फिल्मबाट अाफूले कुनै पनि परिचय बनाउन नसकेकाे उनकाे ठम्याइ छ ।

दीपशिखाकै पहलमा निर्माण भएकाे ‘प्रेमलीला’ अाउँदाे माघ २५ गते रिलिज हुँदैछ । रिलिज डेट अनाउन्स र पाेस्टर रिलिज गर्न बुधबार काठमाडाैंमा कार्यक्रम गरिएकाे थियाे । तर, त्यहाँ निर्देशक जनक पाण्डे उपस्थित थिएनन् । फिल्म युनिटका तर्फबाट दीपशिखा, अभिनेता माैसम खड्का र अलि खानमात्र सहभागी भए । दुबर्इमा माेडलिङ गर्दै अाएका अलि भारतीय माेडल हुन् । उनले फिल्ममा भारतीय पर्यटककाे भूमिका निर्वाह गरेका छन् ।

फिल्मकाे प्रमाेसनमा निर्देशक नै किन देखा नपरेकाे भन्ने प्रश्नमा दीपशिखाले गुनासाे पाेखिन्, ‘के गर्नु, काम नपाउन्जेलमात्र साथ दिन्छन्, काम पाएपछि वास्ता गर्दैनन् ।’ निर्देशक पाण्डे फिल्मकाे सुटिङपछि सम्पर्कमा नरहेकाे दीपशिखाकाे अाशय थियाे । पाण्डे अहिले अर्कै फिल्मकाे सुटिङमा व्यस्त भइसकेका छन् ।

‘कतिले साेच्लान्, निर्देशक नै निर्मातादेखि निराश भएका हुन्, तर कुरा त्यस्ताे हाेइन, निर्माता पाे निर्देशकदेखि निराश छन् कि,’ दीपशिखाले थपिन् । फिल्मकाे कथा र स्क्रिप्ट दीपशिखा अाफैंले लेखेकी हुन् । त्यसैले फिल्मकाे बजारलार्इ लिएर उनी चिन्तित छिन् ।

नानीमाया कार्की निर्माता रहेकाे फिल्मलार्इ नेपालमा सुनिल मानन्धरले वितरण गर्दैछन् । वितरक मानन्धरले फिल्मकाे सफलताकाे कामना गरे । कार्यक्रममा पत्रकार सन्दीप सापकाेटा, पटकथा लेखक सामिप्यराज तिमल्सेना, फाेटाेपत्रकार श्रीधर पाैडेल र निर्देशक दीपेन्द्र लामाले पनि फिल्म युनिटलार्इ बधार्इ दिए ।

प्रकाशित मिति १८ आश्विन २०७५, बिहीबार ०६:०३