सुगम, लाउरे र स्वस्तिमा एउटै मञ्चमा

काठमाडाैं/ मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशीष राना ‘लाउरे’, नितेशजंग कुँवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति दिनेछन् । उनीहरुसँगै २ दर्जनभन्दा बढी कलाकार उपस्थित रहने उक्त कार्यक्रम बिहान १० बजे देखि साँझ ७ बजेसम्म हुने शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रकाशित मिति १६ मंसिर २०७५, आईतवार १८:३९