‘सिम्बा’लार्इ सिंघमकाे साथ

रणवीर सिंहकाे प्रतीक्षित फिल्म ‘सिम्बा’काे ट्रेलर साेमबार रिलिज भएकाे छ । राेहित शेट्टीद्वारा निर्देशित फिल्म एक्सन जनराकाे छ । फिल्ममा रणवीरलार्इ प्रहरी अफिसरका रूपमा हेर्न पाइनेछ ।

राेहितकाे अघिल्लाे फिल्म ‘सिंघम’कै लाेकेसन शिवगढकाे कथा छ यसमा । सिंघमजस्तै बहादुर पुलिस बन्ने चाहनाका साथ हुर्किएका हुन्छन् सिम्बा । तर, उनी घुस्याहा प्रहरी बन्छन् ।

ट्रेलरमा रणवीरकाे परिचय नै अजय देवगनले गरेका छन् । साथै अन्त्यमा रणवीरलार्इ गुण्डाकाे फन्दाबाट जाेगाउन पनि सिंघम अवतारमा प्रस्तुत हुन्छन् उनी ।

करण जाैहर र राेहित शेट्टी मिलेर निर्माण गरेकाे फिल्ममा साेनु सुदलार्इ बलवान भिलेन बनाइएकाे छ । रणवीरकाे जाेडी बन्ने अवसर पाएकी छिन् सैफअलि खानकी छाेरी सारा अलि खानले । रणवीर र साराकाे केमिस्ट्री पनि धेरैकाे चासाे बनेकाे छ ।

फिल्म अागामी डिसेम्बर २८ अर्थात् पुस १३ मा रिलिज हुँदैछ ।

 

प्रकाशित मिति १७ मंसिर २०७५, सोमबार ०९:०५