दयाहाङकाे ‘अाप्पा’ जेठ २४ मा

काठमाडाैं/ दयाहाङ रार्इकाे शीर्षभूमिका रहेकाे फिल्म अाप्पा अागामी जेठ २४ गते रिलिज हुने भएकाे छ । फिल्म युनिटले साेमबार काठमाडाैंमा एक कार्यक्रम गरी फिल्मकाे रिलिज डेट र पाेस्टर सार्वजनिक गरेकाे हाे । फिल्मलार्इ कालिम्पाेङका अनमाेल गुरूङले निर्देशन गरेका हुन् । याे उनकाे निर्देशकका रूपमा पहिलाे फिल्म हाे ।

दार्जिलिङकै विभिन्न सुन्दर लाेकेसनमा खिचिएकाे फिल्मकाे निर्माणमा माउन्टेन स्टाेरिज प्राेडक्सनले सिनेमा अार्ट प्रालिसँग सहकार्य गरेकाे छ । फिल्ममा दयाहाङबाहेक तुलसी घिमिरे, अरूणा कार्की, सिद्धान्तराज तामाङ, अल्लाेना काबाे लेप्चालगायतले पनि अभिनय गरेका छन् ।

बाउछाेराकाे सम्बन्धमा अाधारित फिल्मकाे पटकथा अनमाेल गुरूङ र उमेश उपमा मिलेर तयार पारेका हुन् । शैलेन्द्र डि कार्कीकाे छायांकन, निमेष श्रेष्ठकाे सम्पादन, अनमाेल गुरूङ र साैकात देवकाे संगीत फिल्ममा छ । फिल्मका निर्माता रूदेन सादा लेप्चा रहेका छन् ।

 

प्रकाशित मिति २४ मंसिर २०७५, सोमबार १२:३१